क्रिकेट
कुशलको लगातार दोस्रो अर्धशतक
०

काठमाडौं, वैशाख ६–
नेपाली युवा ओपनर व्याट्सम्यान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएका छन् ।
काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत सोमबार मलेसियाविरुद्धको खेलमा कुशलले लगातार दोस्रो अर्धशतक बनाएका हुन् । ४१ बलमा ६१ रन बनाउँदै कुशल अविजित रहे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । आक्रामक सुरुवात गरेका कुशलले मलेसियन बलरलाई आछुआछु पारेका थिए ।
मलेसियाविरुद्धको खेल कुशलको दोस्रो अन्तर्राष्ट्रिय टि–२० खेल हो । उनले शनिबार नेदरल्याण्ड्सविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय टि–२० मा डेब्यु गरेका थिए । डेब्यु खेलमै कुशलले आफ्नो छाप छोडेका थिए । नेदरल्याण्डस्विरुद्ध कुशलले ४६ बलमा ६२ रन बनाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























