Breaking News
चितवनमा मेघ गर्जनसहितको हावाहुरीले जनजीवन प्रभावित, सतर्क रहन मौसम विभागको अनुरोध
०

चितवन, वैशाख ४-
चितवनमा आज साँझ मेघगर्जनसहित ठूलो हावाहुरी आएको छ ।
हावाहुरीले जनजीवन प्रभावित भएको छ । छिनछिनमा विधुत् कटौती भइरहेको छ भने बजारमा धुलो उड्दा किनमेलमा गएका नागरिक प्रभावित भएका छन् ।
देशका पहाडी भू–भाग र तराईका केही स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग\हावाहुरी\असिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।
देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























