क्रिकेट

त्रिकोणात्मक सिरिजः ज्ञानेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

Banner

काठमाडौं, वैशाख १–

नेपाल क्रिकेट संघले त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । वैशाख ४ गतेदेखि सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित ‘बजाज पल्सर ट्राइ नेसन सिरिज’ का लागि क्यानले आज (बुधबार) नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसंगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कार्मी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुशन भारी रहेका छन् ।

टियु क्रिकेट मैदानमा हुने खेल डबल रोबिनका आधारमा खेलाइने छ । प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि नेदरल्याण्ड र मलेसियाको टोली नेपाल आइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>