Breaking News

भरतपुरमा खुल्यो आकर्षक ‘सिराइँचुली’ तारे होटल, वैशाख १ गतेदेखि संचालनमा (फोटो/भिडियो)

Banner

चितवन, चैत ३१–

चितवनको भरतपुरमा सुविधासम्पन्न तारे होटल ‘सिराइँचुली’ निर्माण भएको छ । यस तारे होटल भोलि (वैशाख १)देखि आशिंक रुपमा संचालनमा आउँदैछ ।

भरतपुर–१०, हाइटमा निर्माण भएको सिराइँचुली भरतपुर बजार क्षेत्रकै पहिलो सुविधासम्पन्न स्तरीय होटल बनेको छ । यस होटलमा स्ट्यान्र्ड, एक्जुकिटिभ, डिलक्स र स्वीट गरी चार प्रकारका ७१ वटा कोठाहरु रहेका छन् ।

पहिलो तलामा ६ वटा कोठाहरु छन् भने बाँकी तलाहरुमा ६५ वटा कोठाहरु रहेका छन् । होटल उद्घाटनको अवसरमा प्रत्येक कोठाहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सेल्स म्यानेजर श्याम थापाले जानकारी दिए । उनका अनुसार रेष्टुरेन्टमा समेत २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

बाहिरबाटै आकर्षक देखिने यस होटलको भित्रि दृश्यले पनि सबैलाई मोहित बनाउँछ । यहाँको गार्डेन पनि एउटा आकर्षणको केन्द्र बनेको छ । होटलको भुइतलामा दुई वटा व्याङक्वेट हल रहेका छन् । जहाँ एक हजार जनालाई राख्न सकिन्छ । यस्तै यही तलामा टिम्बुर क्याफे रहेको छ । जुन २४ सै घण्टा खुल्ला रहने छ । प्रायः सबै होटलका रेष्टुरेन्ट र क्याफेहरु रातिको समयमा बन्द हुन्छन् । तर यस होटलमा राति जुनसुकै बेला पनि ग्राहकले सेवा लिन पाउने सुविधा रहेको सेल्स म्यानेजर थापाले जानकारी दिए ।

होटलको पहिलो तलामा एउटा व्याङक्वेट हल, ३ वटा बोर्ड मिटिङ हल, दुई वटा प्राइभेट डाइनिङ रुम रहेका छन् । यस्तै होटलको अन्य तलाहरुमा आकर्षक कोठाहरुको साथै रुफटफ बार, प्रष्टरुपमा नारायणगढ बजार हेल्न मिल्ने गरी स्वीमिङ पुल बनाईएको छ । कोठा बुक गरेर बसेका सेवाग्राहीका साथै स्वीमिङ गर्नका लागि मात्रै पनि ग्राहक होटल पुग्न पाउने छन् ।

होटलका अध्यक्ष चुडामणि खनालले कोरोना भाइरसका प्रभावका कारण होटल संचालनमा ढिलाई भएको भन्दै अब विस्तारै होटललाई अगाडि बढाउँदै लैजाने बताए । ‘निर्माणका कामहरु केही बाँकी छन्, होटल संचालन गर्दै सबै निर्माणका काम सकाउँदै जानेछौं’–अध्यक्ष खनालले भने । उनले कोभिड–१९ संक्रमणबाट जोगिने गरि सबै सुरक्षा सावधानी अपनाईएको बताए ।

होटलका प्रवन्ध निर्देशक विष्णु कुवँरले कर्पोरेट हाउसलाई लक्षित गरी होटल संचालनमा ल्याईएको बताए । ‘सबै प्रकारका ग्राहकहरुलाई स्वागत छ, कर्पोरेट हाउसहरुलाई विशेष फोकस गरेका छौं । उनले एक वर्ष अगाडि नै होटल संचालनमा आउनु पर्ने भएपनि कोभिड–१९ का कारण संचालनमा ढिलाई भएको बताए । यस होटल तीन वर्ष अघिदेखि निर्माण थालिएको थियो ।

होटलमा सुविधासम्पन्न जिम हल समेत रहेको छ । यो सेवा हाललाई कोठा लिएर बसेका सेवाग्राहीले मात्रै निःशुल्क पाउने छन् भने अन्य ग्राहकका लागि मेम्बरसिप बनाए केहीसमय पछि खुल्ला गरिने छ ।

त्यस्तै स्पा र स्टिम बाथको समेत सुविधा रहेको छ । यो सेवा भरतपुर क्षेत्रका होटलहरुमा पहिलो हो ।

धेरैजसो होटलहरुमा सवारी पार्किङको समस्या देखिन्छ । यस होटलमा भने दुई तलाको अण्डरग्राउण्ड पार्किङ व्यवस्था गरिएको छ । जहाँ एकैपटक ७० भन्दा बढी कार पार्किङ गर्न मिल्छ । त्यति मात्र नभई पछिल्लो समय नेपालमा बढ्दै गएको इलेक्ट्रिक गाडीलाई मध्यनजर गर्दै पार्किङ क्षेत्रमै चार्जिङ स्टेशन समेत निर्माण गरिएको छ ।

हाल यस होटलमा ६० जना कर्मचारी कार्यरत छन् । चितवनको भरतपुर बजार क्षेत्रमै सुविधासम्पन्न होटलको आवश्यकतालाई महसुस गरी यस होटल संचालनमा ल्याइएको होटलका निर्देशक निरज श्रेष्ठले बताए । उनले यस होटलले चितवनको गरिमा थप उचो पार्नेमा विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>