Breaking News

वाग्मती प्रदेशका सात जिल्लाका नागरिकलाई चिनियाँ खोप लगाइने

Banner

काठमाडौं, चैत ३१

सरकारले वाग्मती प्रदशेका ७ जिल्लामा कोभिड–१९ विरुद्धको खोप ४० देखि ५९ वर्षसम्मका सबै नागरिकलाई दिने भएको छ ।

सरकारले वाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र रसुवाका ४० वर्ष देखि ५९ वर्षका नागरिक र सार्वजनिक यातायातका चालक र सहचालकालाई कोरोनाविरुद्धको चिनियाँ खोप दिने भएको हो ।

यसअघि चीन पढेर आएका र चीन जाने तयारीमा रहेका विद्यार्थी, फलफूल व्यापारी, डेरी व्यवसायीलगायतलाई मात्र प्राथमिकतामा राखिएको थियो । अहिले फेरि चीन सरकारबाट अनुदानमा आएको ‘भेरोसिल’ खोप लगाउने वर्गमा यी दुई समूहलाई पनि थप गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

४० देखि ५९ वर्षसम्मका सबै नागरिकको हकमा उमेर खुल्ने परिचयपत्र र चालक–सहचालकको हकमा आवद्ध संघ संगठनको परिचयपत्रका आधारमा खोप प्रदान गरिने खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । उनीहरूले आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर वैशाख ५ गतेसम्म खोप लिन सक्नेछन् । अनुदानमा अ‍ाएको चिनियाँ खोप चार लाख जनालाई दिने सरकारको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>