क्रिकेट

आइपीएलः मुम्बईलाई हराउँदै बैंङलोरको विजयी सुरुवात

Banner

काठमाडौं, चैत २८–

शुक्रबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिग (आइपीएल)मा भारतीय कप्तान विराट कोहलीले नेृतृत्व गरेको टिम रोयल च्यालेन्जर्स बैंङलोरले विजयी सुरुवात गरेको छ ।

साविक विजेता मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गर्दै बैंङलोरले विजयी सुरुवात गरेको हो ।

चेन्नाईमा भएको खेलमा पहिले व्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५९ रन जोडेको थियो । उसका लागि क्रिस लिनले ४९, सूर्य कुमार यादवले ३१, इशान किसनले २८ र कप्तान रोहित शर्माले १९ रनको योगदान दिए । मुम्बईको इनिङलाई धरासयी बनाउन बैंङलोरका हर्षल पटेलले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र २७ रन खर्चिए । वासिङटन सुन्दर काइल जेमिसनले समान एक÷एक विकेट लिए । मुम्बईका दुई खेलाडी रन आउट भएका थिए ।

१६० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको बैंङलोरले जितका लागि अन्तिम बलसम्म पर्खन पर्‍यो । अन्तिम बलमा एक रन आवश्यक छदा हर्षल पटेलले रन बटुल्दै टिमलाई जित दिलाए । अन्तिम ओभर निकै रोमाञ्चक बनेको थियो । जितका लागि ६ बलमा ७ रन आवश्यक थियो । क्रिजमा भरपर्दा व्याट्सम्यान एबी डिभिलियर्स र हर्षल पटेल थिए । सबैको आँखा एबीतिर फर्किदा चौथो बलमा उनी रनआउट हुन पुगे । जतिबेला टिमलाई जितका लागि ३ बलमा २ रन आवश्यक थियो । एबी आउट भएपछि दुई बलमा २ रन आवश्यक छदा मोहम्मद सिराजले लेगबाइबाट रन निकाल्न सफल भए । अन्तिम बलमा पटेलले योर्करलाई राम्रोसंग खेल्दै एक रन बटुलेपछि बैंङलोर जित हासिल गर्न सफल भएको हो ।

बैंङलोरलाई जिताउन एबीले ४८, ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिए ।

मुम्बईका लागि जसप्रित बुमराह र मार्को जनसेनले समान २/२ र ट्रेन्ट बोल्ट र क्रुनाल पाण्डेयले समान एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>