Breaking News

दैनिक उपभोग्य वस्तुमा लाग्ने मूल्य अभिवृद्धि कर छुट गर्न चितवनका व्यवसायीको माग

Banner

चितवन, चैत २६-

चितवनका उद्योगी तथा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा लाग्ने मूल्य अभिवृद्ध कर छुटको माग गरेका छन् ।

उद्योग वाणिज्य संघ–चितवनले आज संघमा आवद्ध वस्तुगत संघको भेलामा उद्योगी तथा व्यवसायीले सो माग गरेका हुन् ।
उद्योग वाणिज्य संघमा आवद्ध रहेका वस्तुगत संघको व्यवसायिक समस्या, सम्भावना, चुनौती र मागका विषयमा राय संकलन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।

संघको भेलामा संघका उपाध्यक्ष एवम् वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौंडालले व्यवसायीबाट संकलन भएका समस्या, चितवनको समग्र विकासका सम्भावना, राज्यले अंगिकार गरेका कर, राजस्व तथा व्यवसायिक नीतिमा हुनुपर्ने परिवर्तन तथा संशोधनसम्बन्धी व्यवस्थाका लागि लगत्तै नेपाल राष्ट्र ‘क’ मार्फत् अर्थमन्त्रालयमा पठाइ आवश्यक पहल गरिने बताए । कार्यक्रममा उपाध्यक्ष कौडालले आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट तर्जुमा गर्नुपूर्व चितवनका व्यवसायीका मागहरु सम्प्रेषण गरी बजेट मार्फत् सम्बोधन गराउन संघले प्रयास गर्ने बताए ।

सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैँकले ल्याउने मौद्रिक नीति एवम् आर्थिक नीति मार्फत् व्यवसायिक समस्या समाधान गर्नका लागि राज्यका संयन्त्रका साथसाथै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट पनि आवश्यक पहल कदमी गरिने बताए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले वस्तुगत संघले राय सुझाव दिँदा चितवन जिल्लाको समग्र विकासका सम्बन्धमा पनि माग राख्नुपर्ने बताउँदै विकासका पूर्वाधारहरु थप हुन सकेमा आर्थिक क्रियाकलाप निरन्तर वृद्धि हुने बताए । सोही कार्यक्रममा आफ्नो धारणा राख्दै संघका द्वितीय उपाध्यक्ष चिरञ्जिवी सुवेदीले समयमै व्यवसायिक समस्या सम्बन्धित निकायमा पु¥याउन सकेमा व्यवसायी पछि पछुताउनु नपर्ने बताए ।

छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनसँग आवद्ध रहेका वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि, कर्पोरेट सदस्यलगायतले करमा एकद्वार प्रणाली लागू गरिनुपर्ने, आयात प्रर्तिस्थापन गर्ने कार्यक्रम ल्याइनु पर्ने, मूल्य अभिबृद्धिकरको दर घटाउनु पर्ने, दैनिक उपभोग्य वस्तुमा लाग्ने मुअकर छुट हुनुपर्नेलगायतका मागहरु राखेका थिए । सहभागी व्यवसायीले उपभोक्ता संरक्षण ऐनअन्र्तगत व्यवसायीलाई लगाउने गरेको जरिवाना कम गरिनुपर्ने, कोभिड प्रभावित व्यवसायलाई राहत ल्याइनुपर्नेलगायत चितवन जिल्लाको पूर्वाधार विकास, कृषि , शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा प्रर्याप्त बजेट विनियोजन गरिनुपर्ने मागहरु राखेका थिए ।

आज सम्पन्न भेलाबाट संकलन भएका व्यवसायीका सुझाव तथा मागलाई सुझावको रुपमा नेपाल राष्ट्र बैँक र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत् अर्थ मन्त्रालयमा पठाइने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । संघका उपाध्यक्ष भोजराज कौंडालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, संघका पदाधिकारी वस्तुगत संघका प्रमुख एवम् प्रतिनिधि, संघका कार्यसमिति सदस्य, कर्पोरेट सदस्यलगायतको सहभागिता रहेको थियो । बुधबार संघले यस क्षेत्रको विकास एवम् व्यवसायिक मागका सम्बन्धमा संघको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित प्रस्तावहरु नेपाल राष्ट्र बैँकलाई बुझाएको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>