देश/प्रदेश
नेपाली काँग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित
०
चितवन,चैत२६ –
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक स्थगित गरिएको र अर्को बैठक चैत ३० गतेका लागि तय गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रवार बस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, रामचन्द्र पौडेलले एक विज्ञप्ति मार्फत जानकारीदिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























