स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० कोरोना संक्रमित थपिए
०

चितवन,चैत २४-
नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गरिएकोमा २६० कोरोना संक्रमण थपिएको हो। आज मृत्यु हुनेको संख्या भने शुन्य रहेको स्वथ्या मन्त्रलयले जानकारी दिएको हो। योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।
साथै हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् । नेपालमा अहिलेसम्म झण्डै २३ लाखको पीसीआर परीक्षण भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























