स्वास्थ्य
नेपालमा पछिल्लो २४ घन्टामा २६६ जनामा कोरोना संक्रमित,४ को मृत्यु
०

चितवन,चैत २३-
नेपालमा पछिल्लो २४ घण्टामा २६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ५३६ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। यस्तै पल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























