देश/प्रदेश

आज प्रतिनिधि सभाको बैठक बस्दै

Banner

चितवन,चैत २३-

प्रतिनिधि सभाको चालु अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।

त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने बताइएको छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख छ। (साभार  नागरिक दैनिक)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>