अन्तर्राष्ट्रिय
भारतमा आतंकवादीको हमलामा २२ सुरक्षाकर्मी मारिए, ३२ जवान घाइते
एजेन्सी,चैत २२ –
भारतको छत्तिसगढमा आतंकवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए ।
इण्डिया टुडेका अनुसार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का महानिर्देशक कुलदीप सिंह आइतबार छत्तीसगढ पुगेका छन् । नक्सलीहरुले मारिएका जवानको हतियार, बुलेटप्रुफ ज्याकेट र जुत्ता समेत लिएर भागेको रिपोर्टमा जनाइएको छ । ३2 जना घाइते जवानलाई बिजापुरको अस्पतालमा ल्याइएको छ । यीमध्ये कम्तीमा ७ जनालाई उपचारको लागि रायपुर रिफर गरिएको छ ।

त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो । आतंकवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् ।
























