अन्तर्राष्ट्रिय

इटालीमा इस्टर पर्वलाई लक्षित गरी तीन दिनका लागि कडा प्रतिबन्ध

Banner

एजेन्सी,चितवन २१ –

इटालीमा तीन दिनका लागि फेरि लकडाउन घोषणा गरेको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सामना गरिरहेको इटालीमा इस्टर पर्वलाई लक्षित गरेर तीन दिनका लागि लकडाउन गर्ने भएको छ। इस्टर पर्वका अवसरमा हुन सक्ने भेटघाट तथा पारिवारिक कार्यक्रमका कारण संक्रमण थप तीव्र हुने आशंकामा देशभर तीन दिने लकडाउन घोषणा गरेको हो।

इटाली सरकारले देशभरलाई ‘रेड जोन’ अर्थात् प्रतिबन्धात्मक उपायको उपल्लो तह लागु गरेको छ। अहिले त्यहाँ दैनिक २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ। नयाँ नियमअनुसार अत्यावश्यकबाहेक यात्रामा प्रतिबन्ध लागेको छ। मानिसहरुले आफ्नो घरमा अरु दुईजनासहित इस्टरको भोजन गर्न भने पाउने छन्।

चर्चहरु पनि खुला छन्, तर आफ्नो क्षेत्रमा रहेको चर्चमा मात्रै प्रार्थना गर्न पाइने भएको छ। दोस्रो वर्ष पोप फ्रान्सिसले खाली सेन्ट पिटर्स स्क्वायरबाट आफ्नो इस्टर सन्देश दिने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>