राजनीति

कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ : डा. भट्टराई

Banner

 

काठमाडौँ ,चैत २१ –
जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेपाली कांग्रेसले गरेको निर्णय सराहनीय भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै अरु प्रतिपक्षी दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन् । ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ उनले लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’

दलले आफ्ना एजेण्डाभन्दा माथि देश, जनता र लोकतन्त्रको आवस्यकतालाई प्राथमिकता दिनुपर्ने भन्दै आजको मुख्य प्राथमिकता ओलीको विदाइ नै भएको ठहर गरेका छन् । उनले लेखेका छन्, ‘आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’

कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै अगुवाइमा नयाँ सरकारका बनाउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>