विचार/ब्लग
सम्झनामा जेपी भेटवाल

–निर्देश त्रिपाठी
लोकप्रिय नेता जेपी भेटवाल अर्थात जागृत प्रसाद भेटवालको सायद नाम नसुन्ने ब्यक्ति चितवनमा कमै होलान । उनै नेता हामीबाट बिदा हुनुभएको पनि ३ बर्ष पुरा भइसकेछ । तर उहाँले छाडेर जानुभएका सपना र स्मरणहरु हामीमाझ ताजै छन । भेटवाल सादा जीवन भएका व्यक्ती जो , सबैसंग रमाउने र खेल्ने स्वभावको हुनुहुन्थ्यो ।
उहाँको राजनीति जीवन..
भेटवालको जन्म २००९ सालमा काभ्रेमा जिल्लामा भएको थियो । उहाँ सानो उमेरदेखि नै राजनीतिमा सक्रिय रहनुभयो । विशेषगरी राजा र पन्चायत ब्यबस्थाको विरुद्धमा लाग्नुभयो । भेटवाल काभ्रे बाट तत्कालीन भण्डारा गाविस हाल राप्ती नगरपालिका वडा नं.५ मा बसाई सर्नुभयो । दुखी गरिब,असाहय,पिडाको मलमपट्टि भेटवाल बनिरहनुभयो । भेटवाल २०४२ सालमा पार्टीको राष्ट्रिय पन्चायत सदस्यको रुपमा उठाएको थियो । त्यतिबेला जित्नेमा चितवनबाट भेटवाल , पोखराबाट सोमनाथ प्यासी , इलामबाट नबलकेमि राई , झापाबाट द्रोणप्रसाद आचार्य रहनुभएको थियो । त्यसपछि २०४६ सालको जनआन्दोलनलाई भेटवाल र भिम बहादुर श्रेष्ठले नेतृत्व गर्नुभएको थियो । सिङ्गो चितवनलाई दुवै नेताले आफ्नो कब्जामा लिनुभएको थिया्े । त्यसबेला नेतृत्व गरेको भएर राज्य विरुद्धको मुद्दा लगाइयो र ३२ बर्ष कैद सुनाइयो र पछि सन्तनेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भैसकेपछी मुद्दा फिर्ता लिइयो । नेकपा एमालेको धरोहरको रुपमा सबैले मान्दै आएका भेटवाल अहिलेपनि जन–जनको मन र मुटुमा बस्न सफल हुनुहुन्छ । स्व.नेता भेटवाल पार्टीको सक्रिय रुपमा काम गरिरहनुभयो ।
नेकपा एमालेको चितवनको क्षेत्रिय इन्चार्ज , नारायणी अञ्चलको अञ्चल सदस्य , नेकपा एमाले केन्द्रिय अनुशासन आयोगको सदस्य भएर काम गरेको अनुभव उनमा रहेको थियो । समसदिय समितिमा समेत बसेर उल्लेखनीय काम गरेको अनुभव उहाँमा थियो । राज्य ब्यबस्था समितिको सदस्य र संसदको सार्बजनिक लेखा समितिको सभापतिको रुपमा समेत काम गरेको अनुभव उहाँमा रहेको थियो । २०४८ सालको आम निर्बाचनबाट सांसदमा विजयी प्राप्त गर्नुभयो । उहाँको निबास राप्ती ०५ भण्डारा जङ्गल नजिक भएका कारणले पनि धेरै नेताहरु सेल्टर लिनको लागि उहाँको निबास आउने गथ्र्ये । पन्चायत कालमा उहाँको निबास सेल्टरको रुपमा चर्चित थियो । उहाकी श्रीमती हरिमाया भेटवाल , दुई छोरी सृजना भेटवाल , सम्झना भेट्वाल र एक छोरा प्रकाश भेट्बाल रहेका छन । संविधानसभाको दोस्रो निर्बाचनमा चितवन १ बाट टिकट पाउने लगभग पक्कापक्कि बनेको थियो र पछि पार्टी स्थाइ कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई टिकट दिइयो र पाण्डेलाई जिताउन उहाँ लौरो र पानीको सहारा लिएर जनताको घर–घरमा पुगेर पाण्डेलाई भोट माग्नुभयो ।
पत्रकारिता र शिक्षा
स्व.नेता भेट्वाल कुनैबेला पत्रकारपनि थिए । २०३४ सालमा “नौलो साहित्य“ पत्रिकाको प्रकाशक र सम्पादक भएर काम गरे । जस पत्रीकामा उनी ५ बर्ष काम गरे । त्यसतै २०३९ सालमा “प्रकाश“ साप्ताहिक पत्रीकामा प्रकाशक र सम्पादक भएर काम गरेको अनुभव उहाँमा रहेको थियो । स्व।भेट्वालले राजनीतिमा एमए सम्मको अध्ययन गर्नुभएको थियो ।
उहाँले गरेका महत्त्वपूर्ण कामहरुः
२०४७ सालमा राप्ती नदिना भीषण बाढी आयपछि पिप्ले , भणडारा , बिरेन्द्र्नगरका बस्तिहरु बाढीको जोखिममा पर्यो त्यसपछि पुन ५० सालको भीषण बाढीले धनजनको ठुलो क्षती पुर्यायो । त्यस आसपासका बस्तीलाई सुरक्षित स्थानतर्फ लैजानको निम्ति भेटवाले गरेका योगदानलाई अहिलेपनि सबैले प्रशंसा गर्ने गरेका छन । त्यसबेला पुर्बी चितवनको पिप्ले, भण्डारा , बिरेन्द्रनगर,कुमरोज,बछौली,खैरहनी, कठार बाढीले प्रभावित गाविस थिए । फेरिपनि २०५९ सालमा लोथर खोला समेत फुटाउने गरि भीषण बाढी आयो । र २०५९ सालमा लोथर राप्ती ड्याक संरक्षण समिति गठन गरियो । त्यसको अध्यक्ष उनै जेपी भेटवाल भए । उनको नेतृत्व र अगुवाईमा ड्याक संरक्षण र निर्माणको काम अघि बढ्यो । त्यस कारणले गर्दा तटिय छेत्रका जनताले अहिलेपनि स्व.भेटवाललाई भगवानको रुपमा चित्रण गर्छन ।
भेटवालले हुर्काएका बढाएका राजनीतिक नेतृत्वहरु आज ठुला ठाउँमा पुगेका छन । कोही मत्री त कोही सांसद भएका छन । कोही राज्यका माथिल्लो पद र ओहदामा पुगेका छन । उहाँले धर्ती छोडदा चितवनका जनताले आँसुका धारा कति बगाए होलान, कतिको अभिभावक गुम्यो होला । उहाँको सम्झना आज पनि ताजै महशुस भइरहेको छ । पहिला भेट्ने बित्तिकै घरमा आमाबुबालाई सन्चै छ भनेर सोध्ने बानी आजै अहिले जस्तो लाग्थ्यो । अब केबल सम्झनामा मात्र रहेने छ । स्व.भेटवालले संघर्ष र योगदान चितवन जिल्लामा गर्नुभएको बिकास गर्न बाँकी काम पूरा गर्न अब भावी नेतृत्व र नेताको काधमा आएको छ । अहिलेका नेताहरु र युबा पुस्ताहरुले उहाँबाट सिक्नुपर्ने गुण र वचन धेरै छन । सायद भेटवाल जिवित रहनुभएको भए अहिलेको यस्तो राजनीतिक परिस्थिति आउने थिएन होला । आज स्व.भेटवालले छोड्नुभएको पनि ३ बर्ष पुगेको छ । यस अबसरमा स्व.जेपी भेट्वाल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।।
























