खेलकुद

बागमतीलाई हराउदै एआरए क्यामरुन फाइनलमा

Banner

चितवन, चैत १९–

अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुन चितवनमा जारी ‘सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एआरए क्यामरुनले फाइनलमा स्थान पक्का गरेको हो ।

जारी प्रतियोगितामा क्यामरुनले खेलका तिनै खेल टाइब्रेकरमा जितेको छ । यस अघि दुई खेल पनि क्यामरुनले टाइब्रेकरमा नै जितेको थियो । टाइब्रेकरमा बागमतीका बिक्रम धमालको प्रहार क्यामरुनका गोलरक्षकले रोके भने जाजाको प्रहार फ्रेमभन्दा बाहिर गयो ।

त्यस अघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको ११ औं मिनेटमा जिमीले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्लाहीले बराबरी गोल फर्कायो । दोस्रो हाफको तेस्रो मिनेटमा म्याक्सवेलले बराबरी गोल गरे । खेलको म्यान अफ दि म्याच क्यामरुनका जिमी घोषित भए ।

क्यामरुनले अब उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ । यस अघि पहिलो सेमिफाइनल खेलमा नुवाकोट युनाइटेड क्लबलाई टाइब्रेकरमा हराउदै आर्मी फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल खेल शनिबार दिउँसो ३ बजे हुने आयोजक चितवन जिल्ला फुटबल संघले जानकारी दिएको छ । प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०(१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>