सुदूरपश्चिम

स्वास्थ्य शिविरबाट ७२ ज्येष्ठ नागरिक लाभान्वित

Banner

डोटी, १९ चैत-
डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्यचौकीको सहकार्यमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको गगुडा स्वास्थ्यचौकीका सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुँदै आएको भन्दै त्यहाँका ज्येष्ठ नागरिकलाई स्वास्थ्यचौकीमै सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका नायबसुब्बा सूर्य विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बोगटानका नागरिकलाई जिल्लामा आएर स्वास्थ्य सेवा समस्या भएको गुनासो आएपछि अहिले ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरेका छौँ, ठूलो सङ्ख्यामा नागरिकले उपचार सेवा पाएका छन् ।”

घरैमा स्वास्थ्य उपचार पाएपछि यहाँका ज्येष्ठ नागरिक तथा दीर्घरोगी निकै खुशी भएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी हर्कबहादुर बमले जानकारी दिनुभयो । उक्त शिविरमा नाक, कान, घाँटी, छातीलगायत उपचार सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>