Breaking News
यो सरकारलाई हाम्रो समर्थन छैन : नेता श्रेष्ठ
०

काठमाडौं, चैत १९
नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थनबारे शनिबार निर्णय गर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका हुन् ।
बिहीबार पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ भएको नेताहरुले बताएका छन् ।
अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने फैसला गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।
माओवादीका नेता श्रेष्ठले भने ‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रुपमा मात्र पत्र लेख्न मात्र बाँकी हो । हामी सबै राजनीतिक पार्टीहरुलाई आ(आफ्नो कुरा प्रष्ट ल्याउन आग्रह गर्छौं । केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























