राजनीति
प्रधानमन्त्री संसद्मा नआउनु कारण सुरक्षा खतरा कि नैतिक खतरा ?
चितवन,चैत १८-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओली संसद्को बैठकमा नआउनुको कारणबारे सरकारका प्रतिनिधिले स्पस्ट पार्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको सून्य समयमा बोल्दै बडूले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट भएको बताएको स्मरण गर्दै सांसद् बडूले प्रधानमन्त्री सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो भन्दौ प्रश्न गर्नुभयो ।
‘प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, यसमा सत्यता कति छ, यथार्थ के हो . उहाँले भन्नुभयो, ‘उहाँको सुरक्षामा गृह मन्त्रालयले थप के–के व्यवस्था गरेको छ, संसद् चलिरहँदा आजसम्म संसद्मा नदेखिनुको कारण सुरक्षा खतरा नै हो कि नैतिक खतरा महसुस गर्नुभएको हो ।’
उहाँले भप्नुभयो, ‘यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार र बनावटी अभिव्यक्ति किन दिनुभयो . यथासिघ्र सरकारको प्रतिनिधिबाट संसद्लाई जानकारी गराउन माग गर्दछु ।’
























