अन्तर्राष्ट्रिय

इरानद्वारा युरेनियम संवर्द्धन पुन सुरु गरेको घोषणा

Banner

एजेन्सी ,चैत १७ –

इरानले २० प्रतिशत शुद्ध युरेनियमको संवर्द्धन नरोक्ने अडान राखेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध नहट्दासम्म युरेनियम संवर्द्धनको काम नरोक्ने अडान इरानले राखेको हो ।

अमेरिकी सञ्चारमाध्यमले इरानलाई अमेरिकाले न्यूक्लियर सम्झौताको लागि वार्ता सुरु गर्न युरेनियम संवर्द्धन रोक्ने प्रस्ताव गर्न सक्ने बताएको अवस्थामा इरानले प्रतिबन्ध हट्नुपूर्व युरेनियम संवर्द्धनको काम नरोकिने बताएको हो ।

सन् २०१५ मा अमेरिकासहित विश्वका शक्तिराष्ट्रसंग सम्झौता भएपनि इरानले युरेनियम संवद्र्धन कार्यक्रम रोकेको थियो । तर डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका सम्झौताबाट अलग हुँदै इरानमाथि थप प्रतिबन्ध लगाएपछि इरानले पनि पुनः परमाणु कार्यक्रम अघि बढाएको छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको न्युक्लियर सम्झौताबाट बाहिरिँदै प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । अमेरिकाले प्रतिबन्ध सुरु गरेसँगै इरानले पनि २० प्रतिशत शुद्ध युरेनियम संवर्द्धनको काम शुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>