राजनीति

व्यापारी तिम्सिनाको घरमा प्रचण्ड-माधवको छलफल

Banner

काठमाडौं,चैत १६-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ। सोमबार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको हो । छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए।

नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ। यसअघि चैत १३ मा पनि प्रचण्ड-माधवले त्यही घरमा छलफल गरेका थिए । १२ चैतमा उनीहरूले कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए ।

प्रचण्डसँग के विषयमा कुराकानी भयो भन्ने नेपाल प्रेसको प्रश्नमा रावलले सामान्य भेटघाट भन्दै थप बताउन चाहेनन् । यसबीचमा प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा मात्रै चारपटक बैठक भएको छ भने त्यसअघि खुमलटारमा निरन्तर छलफल चलिरहेका थिए । केपी ओलीलाई सरकारबाट हटाउने विषयमा दुवै नेताको एकमत छ ।

कांग्रेस र जनता समाजवादी पार्टी अविश्वास प्रस्ताव दर्ता गर्न तयार नभएकाले दुवै नेता अप्ठेरोमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>