अन्तर्राष्ट्रिय

२४ घण्टामा विश्वकै सबैभन्दा बढि नयाँ संक्रमित अहिले भारत

Banner

चितवन,चैत १६-

पछिल्लो २४ घण्टामा संसारमा सबैभन्दा बढि नयाँ संक्रमित अहिले भारतमा देखिएको छ । त्यहाँ आइतबार ६८ हजार २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । यो तथ्यांक पछिल्लो १६९ दिनमा सबैभन्दा धेरै हो ।

यो भन्दा पहिला अक्टोबर १० मा ७४,४१८ संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो दिनमा ३२,१४९ मानिसहरु कोरोनामुक्त भएका छन् भने २९५ मानिसको ज्यान पनि गइसकेको छ । त्यस्तै सक्रिय संक्रमितको तथ्यांक पनि लगातार बढ्दै गएको छ । भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा बढि पुगेको छ । अहिले भारतमा ५ लाख १८ हजार ७६७ मानिसहरुको उपचार भइरहेको छ । यो भन्दाअघि गत वर्ष नोभेम्बर ९ मा भारतमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>