अन्तर्राष्ट्रिय
जर्मनीले फिफा विश्वकप छनौट अन्तर्गत लगातार दोस्रो जित
०
चितवन,चैत १६-
जर्मनीले फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा लगातार दोस्रो जित हात पारेको छ । आइतवार राति भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले साँघुरो जित हात पारेको हो ।
जर्मनीको जितमा सर्जी गनाब्रीले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा काइ हाभर्टजको पासमा गोल गरे । यस जितसँगै जर्मनी समूह जेको शीर्ष स्थानमा रहेको छ । जर्मनीले २ खेलमा ६ अंक जोडेको छ ।
रोमानिया २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























