अन्तर्राष्ट्रिय
फिफा विश्वकप छनौट फुटबल खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित
०
एजेन्सी,चैत १६-
फिफा विश्वकप छनौट फुटबलमा स्पेनले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा खेलको ४४औँ मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । तर, ५६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । विश्वकप छनौटमा स्पेनको यो पहिलो जित हो । पहिलो खेलमा स्पेनले बराबरी खेलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























