Breaking News

चितवनको राप्ती नगरपालिकाका दुई वडा अध्यक्ष महतो र थपलियाले सुरेन्द्र पाण्डेको साथ छाडे

Banner

चितवन, चैत १४-

राप्ती नगरपालिकाका दुई वडा अध्यक्षले सुरेन्द्र पाण्डेको साथ छाडेका छन् ।

पार्टी गुटमा विभाजित भएको अवस्थामा राप्ती ६ नम्बरका वडा अध्यक्ष जल्लु महतो र वडा नम्बर ८ का अध्यक्ष बुद्धिराज थपलिया आजबाट केपी ओली समूहमा आएका हुन् ।

आज राप्ती नगरपालिका वडा न ७ स्थित मगर हलमा आयोजित राष्ट्रिय युवा संघ राप्ती नगरकमिटीको सपथ ग्रहण कार्यक्रममा चौधरी र थपलिया अतिथिको रुपमा सहभागी भएका हुन् । स्थानीय स्तरमा निकै लोकप्रिय रुपमा चिनिने महतो र थपलिया सुरेन्द्र पाण्डे निकट मानिन्थे ।

राप्ती नगरपालिकाकी नगरप्रमुख प्रभा बरालले खासै खुल्न नसकेका उनीहरु दुवै जना युवा संघको कार्यक्रममा सहभागी भएर आजबाट ओली समूहमा आएको नारायणी अनलाइनलाई बताइन् । वडा अध्यक्ष चौधरीले नेकपा एमाले कै मुल घरमा फर्किएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘सबै साथीहरु यतै भएकोले म पनि यतै आए । म खासै कुनै कमिटीमा छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>