अर्थ

मासु,अण्डा तथा दूध जन्य पदार्थमा आत्मनिर्भर भएको प्रधानमन्त्रीको घोषणा,८ महिनामै अर्बौको आयात

Banner

चितवन,चैत १३-

नेपाल सरकारले मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा विहीबार सम्पन्न भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन् ।

सरकारले यी बस्तुहरूमा आत्मनिर्भरको घोषणा गरे पनि चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न देशहरूबाट मासु, अण्डा  तथा दूध जन्य पदार्थको व्यापक मात्रामा आयात भएको देखिन्छ ।

भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन महिना सम्ममा विभिन्न देशहरूबाट नेपालमा १ करोड ८५ लाख ४४ हजार रुपैयाँ बराबरको मासु आयात भएको छ । १ अर्ब ८ करोड ८ लाख ४० हजार रुपैयाँ बराबरको खसी, बोका, लोकल कुखुरा आयात भएको छ ।

साथै समीक्षा अवधिमा नै ८५ करोड ३८ लाख ९० हजार रुपैयाँ बराबरको दूध तथा दूध जन्य पदार्थ आयात भएको छ । त्यस्तै अण्डाको पनि आयात भएको छ । चालु आवको फागुन महिना सम्ममा ४४ लाख ५५ हजार रुपैयाँ बराबरको अण्डा आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>