राजनीति

एमालेको संसदीय दलको बैठकमा माधव नेपाल बाहेक सबै जाने

Banner

काठमाडौं,चैत १३-

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन्। तर माधव समूहमा रहेका अन्य सांसदहरु भने बैठकमा सहभागी हुने छन्। पार्टीको बैठक प्रधानमन्त्रीको निवासमा राखिएको भन्दै नेता नेपालले सहभागी नहुने बताएका हुन्। उनले बालुवाटार बाहेकका स्थानमा बैठक राखिए आफू सहभागी हुने बताए।

ओलीले दिउँसो तीन बजे संसदीय दलको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने बैठकमा दलको गतिविधिबारे छलफल हुने बताइएको छ । यसअघि गएको शनिबार बसेको बैठकले गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>