चितवन विशेष
अनेरास्ववियु सप्तगण्डकी कक्षा कमिटीमा थापा र चौधरीको नेतृत्व

चितवन, चैत १२-
अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कक्षा १२ मानविकी संकायको कक्षा कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् ।
क्याम्पसमा आज भएको एमाले निकट विद्यार्थीहरुको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सञ्जल महतो, सचिवमा एन्जिला चौलागाईं, सहसचिवमा अनिस गिरी, कोषाध्यक्षमा सन्जिता अछामी रहेका छन् । त्यसैगरी कमिटीको सदस्यहरुमा रसिना महत, अन्सिका अधिकारी, रमिला भुसाल, रञ्जिता कँडेल, सुस्मा भुजेल, दिक्षा थापा, गीता सुनार, रस्बिन महत, सुयोग कँडेल, ईश्वर खत्री, विकास खड्का, मिलन न्यौपाने, रीता काफ्ले, विनोद विक चयन भएका छन् । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष हरि आचार्यको संरक्षकत्वमा सो कमिटी गठन गरिएको हो ।


त्यसैगरी अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कक्षा १२ व्यवस्थापन संकायको कक्षा कमिटीमा भने विकास चौधरीले नेतृत्व गरेका छन् ।
कमिटीको उपाध्यक्षमा जुना भण्डारी, सचिवमा विमल आचार्य, सहसचिव सचिन आले रहेका छन् । कमिटीको सदस्यहरुमा नविना गुरूङ, सुस्मा गुरूङ, सबिना सुबेदी, सुजन पराजुली, सौगात खत्री, सरोज लामिछाने, राजीव तामाङ्, आस्था महतो, अनिस अधिकारी, एलीना ढकाल र एलिसा महतो रहेका छन् ।

























