Breaking News

नेपाल बन्यो पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर, प्रधानमन्त्रीले गरे औपचारिक घोषणा

Banner

काठमाडौं, चैत १२–

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कंडेलले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा सरकारले यस्तो घोषणा गरिएको जानकारी दिए ।

प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको छ । मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>