देश/प्रदेश

शेयर बजार ४१ अंकले वृद्धि, कारोबार रकम ६ अर्ब ६७ करोड भन्दा माथि

Banner

काठममाडौँ,चैत ११-

आज शेयर बजार मापक नेप्से परिसूचक ४१।३० अंकले बढेको छ। ४१।३० अंकले बढेको नेप्से परिसूचक २ हजार ५७०।२५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि उच्च रुपमा वृद्धि भएको छ । आज शेयर बजारमा जलविद्युत बाहेक सबै समूहहरुमा हरियाली छाएको छ। जसमध्ये बैंक, वित्त, व्यापार, जीवन र निर्जीव बीमा, उत्पादनमूलक, इन्भेस्टमेन्ट, म्युचुअल फण्डको शेयर मूल्य बढेको छ।

बुधबार कारोबार रकम पनि ६ अर्ब नाघेको छ । आज ६ अर्ब ७६ करोड २३ लाख ४४ हजार ९ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज २०८ कम्पनीहरुको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका मध्ये १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २६ कम्पनीको शेयरमूल्य घटेको छ । जसमा १८ कम्पनीको मूल्य स्थिर छ।

सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर मूल्य बढेको छ। साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशत बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको छ । यस्तै एचआईडीसीएलको शेयर मूल्य पनि ९।९७ प्रतिशतले बढेर ३९७ रुपैयाँ पुगेको छ। बुधबार ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ ।

आज सबैभन्दा धेरै निफ्राको ६५ करोड बढीको शेयर किनबेच भएको छ । अपर तामाकोशीको पनि ४१ करोड बढीको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>