Breaking News

साउदीमा थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाबाट ३४२ नेपालीले ज्यान गुमाए

Banner

लण्डन, चैत ८-

कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३४२ जना नेपालीको निधन भएको थियो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्यरुपमा थप कोरोना संक्रमण देखिएको छ ।

डा.सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६२९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको छ । यसैबीच, कोरोना भाइरसका कारण नेपालमा तीन हजार १६ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार ८ सय ३९ जना भने दुई लाख ७१ हजार ८१५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलब ५ प्रतिशत छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>