देश/प्रदेश
राष्ट्रपति भण्डारी भोलि दुईदिने भ्रमण बंगलादेश जादै
चितवन,८ चैत-
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमवार (भोलि) बंगलादेशतर्फ जाँदैछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । सो कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल(बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिनेछिन् ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारी र बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग दुई पक्षीय कुराकानी हुनेछ । समकक्षीसँगको भेटघाटपछि राष्ट्रपति भण्डारी समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी रहने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारकको भ्रमण, ढाकास्थित नेपाली दूतवास भ्रमण साथै नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको बताइएको छ । सांस्कृतिक टोली समेत रहने राष्ट्रपति भण्डारीको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने बताइएको छ ।























