Breaking News

कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन : प्रधानमन्त्री

Banner

काठमाडौं, चैत ७ –

नेकपा एमालेका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बाल्वाटार पुगेका हुन् ।

सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् । तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरेका छन् ।

ओलीले कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव नस्विकार्ने बताएका छन् । उनले व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्न समेत आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>