देश/प्रदेश

मागपत्र लिएर संसदीय दलको बैठकमा पुगे खनाल-नेपाल पक्षका सांसदहरू

Banner

काठमाडौं,७चैत-

नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय केही सांसदहरु बैठकमा पुगेका छन् । खनाल-नेपाल समूहले सो बैठक बहिस्कार गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा नेपालपक्षीयका तीनजना  सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ पनि आएको सांसद कृष्ण राईले जानकारी दिए ।

उनीहरुले आफूहरु खनाल-नेपालपक्षीय ३८ सांसदको मागपत्रसहित तीनजना आएको भन्दै बैठकमा मागपत्र पेस गरे । मागपत्र पेस गरेर उनीहरु बाहिरिएको बताइएको छ । यसअघि, खनाल-नेपाल पक्षधर रहेका सांसद कृष्णभक्त पोखरेल भने आजको बैठकमै सहभागी भए ।

उनले बैठकमा सम्बोधन पनि गरे । खनाल-नेपाल पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले बालुवाटारको आजको उक्त बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>