देश/प्रदेश

सरकारले कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारको लागि १० लाख सहयोग गर्ने

Banner

काठमाडौं, चैत ६ –

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको हो ।

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए । उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए। गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>