अन्तर्राष्ट्रिय

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

Banner

चितवन, चैत ५-

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरेका हुन् ।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।

तर, पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन । उता विपक्षी नेताले भने उनीलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर, यो समाचारको पुष्टि हुन सकेको छैन । यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र जानकारी सञ्चारमाध्यममार्फत् दिएका थिए । उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताएका छन् ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६ औँ जन्मदिनकै अवरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नुहुने छ ।

(रासस\एएफपी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>