चितवन विशेष
बोटलर्स नेपाल (तराई)द्वारा जेष्ठ नागरिक आराम केन्द्र हस्तान्तरण
०

चितवन, चैत ५–
बोटलर्स नेपाल (तराई) लिमिटेडले चितवनको भरतपुरमा जेष्ठ नागरिकलाई आराम केन्द्रको निर्माण गरी विकास टोल सुधार समितिलाई (एक स्थानीय समुदाय)हस्तान्तरण गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रतिनिधि, स्थानीय समुदाय र युवा सदस्यहरुको उपस्थितिमा वडाध्यक्ष यमलाल कडेँलले नागरिक आराम केन्द्रको उद्घाटन गरेका हुन् । सोही अवसरमा उक्त आराम केन्द्र विकास टोलसुधार समितिलाई हस्तान्तरण गरिएको हो । नागरिक आराम केन्द्रले जेष्ठ नागरिकहरुको कल्याण र उनीहरुको जीवनको गुणस्तर बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
समुदायको सो आवश्यकता बुझ्दै यस केन्द्रमा एक मिनी लाइब्रेरी, आरामगर्न आरामदायक फर्निचर र फुर्सदको समय सदुपयोग गर्न संकृतिक वातावरणको लागि वाद्यवादनहरु पनि राखिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























