Breaking News
कोरोनापछि रोकिएको नेपाल–भारत यातायात सञ्चालन गर्न सिफारिस

काठमाडौं, चैत ५–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि रोकिएको नेपाल-भारत यातायात सञ्चालन हुने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल–भारत यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरि सकेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
























