राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै, नेपाल समूह नजाने

Banner

काठमाडौं,चैत ५-

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। एमालेको नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाएका हुन्। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको उनले बताए। भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा मुख्य सचेतकको जिम्मेवारी दिएका छन्। तर नेकपाको नेपाल–खनाल पक्षले भने आजको संसदीय दलको बैठकमा नजाने बताएको छ। व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>