Breaking News

आफ्नो नेतृत्वमा निर्वाचनमा सहभागि हुन प्रेस युनियन चितवनको आह्वान

Banner

चितवन, चैत ४–

नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्ने गरी निर्वाचनमा होमिन सबै संगठन समक्ष आह्वान गरेको छ ।

युनियनको आज (बुधबार) भरतपुरस्थित कार्यालयमा बसेको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसंग आह्वान गरेको हो । युनियनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशिल सबै पत्रकारसम्बद्ध संगठनहरुसंग समन्वय गरेर युनियनको नेतृत्वमा अघि बढ्ने गरी सहकार्य गर्न सबैसंग आह्वान गर्ने निर्णय गरिएको जानकारी दिए ।

पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुको उपस्थितिका लागि भए पनि सबैसंग सहकार्य गर्ने बेला आएकोले युनियनले आफ्नो नेतृत्वमा सबैलाई मिलाएर लैजाने ढकालले बताए । ‘हाम्रो नेतृत्वमा सबैलाई मिलाएर लैजान चाहन्छौं, श्रमजीविको मुद्धालाई अघि बढाउन सबै मिलेर जानु उत्तम देखिन्छ’–अध्यक्ष ढकालले भने ।

युनियनले निर्वाचनकै सन्दर्भमा रहेर विहीबार विहान युनियनका अगुवा पत्रकारहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ । साथै निर्वाचन लक्षित विभिन्न पक्षहरुसंग चरणवद्ध रुपमा छलफल गर्ने निर्णय समेत गरिएको सचिव प्रस्ताव सुवेदीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लाको एकैसाथ चैत २५ गते निर्वाचन हुँदैछ । महासंघको बुधबार बसेको बैठकले निर्वाचनको मिति तोकेका हो । मिति तय भएसंगै महासंघको निर्वाचन माहोल तातेको छ ।

होली मिलन कार्यक्रम हुने

नेपाल प्रेस युनियन चितवनले नेपालीहरुको महान् चाड होली पर्वको अवसरमा ‘होली मिलन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

बुधबार बसेको बैठकले सबै पत्रकारबीच आत्मीयता बढोस् भन्ने उद्देश्यले चैत १५ गते होली मिलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष अनिल ढकालले जानकारी दिए । युनियनले विभिन्न चाडपर्वहरुमा पत्रकारहरुबीच आत्मियता बढाउन विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

गत पुस महिनामा युनियनले पिकनिक कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस युनियनले पत्रकारहरुको क्षमता अभिवृद्धका लागि विभिन्न तालिम समेत प्रदान गर्ने गरेको छ भने पत्रकारहरुमाथि आइपरेका समस्या समाधानका लागि पनि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>