मकवानपुर

मकवानपुरगढीको कोभिड अस्पताल सञ्‍चालनमा आयो

Banner

काठमाडौँ, ४ चैत-

मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।
मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको थिएन । हाल मकवानपुर गढी कोभिड– १९ सङ्क्रमणमुक्त भए पनि यससम्बन्धी समस्या देखिएमा अब स्थानीय तहमै सञ्चालित अस्पतालबाट सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो । अहिले गाउँपालिकामा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
कोभिड अस्पतालले बिरामीको स्वास्थ्यपरीक्षण, उपचारका लागि जिल्ला अस्पतालमा सिफारिस, कोभिडका शङ्कास्पद बिरामीको स्वाब परीक्षणका लागि सिफारिसलगायतका काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>