Breaking News

प्रतिनिधि सभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गरिने

Banner

काठमाडौं, चैत ३–

संसद पुर्नस्थापना पश्चात तेस्रोपटक आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने लागेको हो।

बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ । यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।

सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक नबस्ने भएको छ। तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>