खैरहनी

खैरहनी ९ को आफ्नै कार्यालय भवन

Banner

चितवन, चैत १–

चितवनको खैरहनी नगरपालिका वडा नम्बर –९ ले आफ्नै कार्यालयबाट सेवा दिन सुरु गरेको छ । आफ्नै कार्यालय भवन नहुँदा सो वडा भाडामा बस्दै आएको थियो ।
जिल्ला समन्वय समिति चितवन र खैरहनी नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालय निर्माण गरिएको हो । नवनिर्मित वडा कार्यालयको आइतबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले उद्घाटन गरे । सो अवसरमा बोल्दै जिसस प्रमुख डल्लाकोटीले कार्यालय व्यवस्थापनसंगै अब अझै सरल र सहज रुपमा सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।
‘आफ्नै कार्यालय नहुँदा काममा असहजता हुन्छ’ जिसस प्रमुख डल्लाकोटिले भने ‘कार्यालय व्यवस्थापनपछि सरल, सहज र छिटो सेवा दिनुपर्छ ।’
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले आफ्नै कार्यालय भवन नहुँदा काममा अप्ठ्यारो पर्ने गरेको भन्दै यो आर्थिक वर्षमा सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न हुने बताए । प्रमुख चौधरीका अनुसार वडा नम्बर ९ को कार्यालय निर्माणमा जिससबाट ४० लाख र नगरपालिकाबाट ४६ लाख गरि कुल ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
खैरहनी–९ का वडा अध्यक्ष होमकुमार पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, वडा सदस्यहरु, टोल बिकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खैरहनीमा हाल वडा नम्बर ८ र ११ को वडा कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको छ । वडा नम्बर ६ र ७ ले संयुक्त वडा कार्यालयबाट सेवा प्रदान गरिएकोमा अन्य कार्यालयको आफ्नै भवन छ । नगरपालिकाले वडा नम्बर १, ३ र ४ को भवन निर्माण गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>