खैरहनी
खैरहनीका जनप्रतिनिधिविरुद्ध कर्मचारी विजयी

चितवन, चैत १–
पूर्वीचितवनको खैरहनीका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच आइतबार मैत्रीपूर्ण फुटबल खेल भएको छ ।
खेलमा कर्मचारीको टिम ५–० को फराकिलो गोल अन्तरले विजयी भयो । कर्मचारीका तर्फबाट धनबहादुर दराइले २, प्रेम सिलवाल, दिपेन्द्र अर्याल र सन्दिप थापा मगरले समान १–१ गोल गरेका थिए । जनप्रतिनिधिको टिमले गोल गर्ने केही अवसर पाए पनि सहि सदुपयोग गर्न सकेनन् । खेलमा विजयी कर्मचारीको टिमलाइ नगर प्रमुख लालमणि चौधरीले ट्रफी प्रदान गरे ।
जनप्रतिनिधिको तर्फबाट वडा सदस्य जीवन कार्की र कर्मचारीका तर्फबाट खेल प्रशिक्षक धनबहादुर दराइ उत्कृष्ट खेलाडी घोषित भए । नगरपालिका नगर शिक्षा अधिकारी राजु बानियाँले खैरहनीमा विवादरहित काम भइरहेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी बिच सम्बन्ध अझ प्रगाढ बनाउन फुटबल खेल आयोजना गरिएको बताए । नगर प्रमुख चौधरीले काममा खटिरहने जनप्रतिनिधि र कर्मचारीलाई यस्ता खेलले मनोरञ्जन दिनुका साथै काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
























