राजनीति
ओली नेतृत्वकै सरकार पाँच वर्ष टिक्छः लालबाबु पण्डित

काठमाडौं,फागुन २६-
नेकपा (एमाले) का केन्द्रीय सदस्य, तथा पूर्वमन्त्री लालबाबु पण्डितले पाँच वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पण्डितले प्रतिनिधिसभाको कार्यकालभर यही सरकार रहने दाबी गरेका हुन्। ‘यो सरकार पाँच वर्ष चल्छ। प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन। आन्तरिक किचलो नेकपा एमले भित्र अब हुँदैन्’ उनले भने ‘हिजो नेकपा हुँदा जे-जति किचलो थियो त्यो रुपमा अब रहँदैन। नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ। पार्टीको नेतृत्व एक भएर सरकारको रक्षा गर्ने।’
‘पार्टीको नीतिहरूलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ।’ अब एमालेका नेतृत्वले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउने बाहेक अन्य क्रियाकलापहरू नगर्ने पनि दाबी गरे। उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ।’
























