राजनीति

प्रचण्डसंग छुट्टिन मन थिएन, मिलेको पार्टी सर्वोच्चले छुट्याइदियोः झलनाथ खनाल

Banner

काठमाडौं,फागुन २४-

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको पार्टीलाई छुट्याइदियो।’ संवैधानिक हिसावले पनि अब आफूहरु पुराना पार्टीमा फर्कनु परेको उनले बताए। नेकपाको रुपमा आजको स्थायी समिति बैठक नै अन्तिम भएको उनले बताए।

यसअघि आज पेरिसडाँडामा बसेको सो समूहको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>