स्वास्थ्य
नशा च्यापिने समस्या के हो ? यस्तो छ उपचार बिधि
– डा. सन्जोग कुमार क्षेत्री
नशा च्यापिनु आँफैमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नशाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो । नशा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ । नशा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो ।
के हो मेरुदण्ड र कसरी नशा च्यापिन्छ ?
ब्रेनको तल्लो भागबाट सुरु भै पिठ्यूँ सम्मको भागलाई मेरुदण्ड (गर्दन, ढाड, कम्मर) भनिन्छ र यो ३३ वटा अलग–अलग हड्डीहरू मिलेर बनेको ‘क्’ आकारको संरचना हो । यी हड्डीहरूलाई आपसमा ‘इन्टर भट्टेब्रल डिक्स’ भनिने लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ । मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ । यी ढाडका हड्डीमा ‘स्पाइनल क्यानल’ नामक गोलाकार प्वाल हुन्छ जसबाट ‘स्पाइनल कर्ड’ नामक मुख्य स्नायु नशा अवस्थित हुन्छ र हरेक हड्डीको दायाबाया स्पाइनल फोरामिन नामक प्वाल हुँदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायु नशा ) निस्किएका हुन्छन् । यी नशाहरू ढाडको स्पाइनल कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् ।
ढाडको हड्डीहरूका बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्दै (सक एर्ब्जवर)को काम गर्छ । नशा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नशाको अन्र्तसम्बन्ध छ । यी डिक्सहरूले आफ्नो ठाउँ छाड्दा मेरुदण्डको मुख्य नशा (स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नशाहरूलाई थिचिदिन्छ ।
क–कसलाई धेरै नशा च्यापिने हुन्छ ?
नशा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो । यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ । झुक्ने, भारी वस्तु उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डो बाटोमा बाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ । यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ । फलतः डिक्सले आफ्नो ठाउँ छाडेर नशा च्याप्न पुग्छ । आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु, खेलकुदमा हुने दुर्घटना, सवारी दुर्घटना साथै विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
नशा च्यापिँदा कस्तो लक्षण हुन्छ ?
नशा च्यापिँदा मुख्यतः नशाको क्रिया अवरुद्ध भै कम्मर÷गर्दन दुख्ने, च्यापिएको नशा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ । समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने, र प्यारालाइसिस पनि हुन सक्छ (यदि गर्दनको धेरै नशा च्यापिएको बढ्दै गएमा चक्कर लाग्ने, टाउको दुखे, आदि) । समस्या गम्भीर भए दिशा पिसाबमै समस्या देखा पर्न गई तुरुन्त व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ ।
उपचार : एकीकृत चिकित्सा अर्थात् इन्टिग्रेटेड मेडिसिन
ढाड दुख्न सुरु हुनेबित्तिकै सम्बन्धित विशेषज्ञकहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । नशा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले ठिक गर्न सकिन्छ भने १० प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । तर, आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो ।
पहिलो फेज : दुखाई व्यवस्थापन
प्राकृतिक उपचारमा विशेषतः पूर्ण ‘बेड रेस्ट’का साथमा दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने साथै आवश्यकता अनुसार जडिबुटी यूक्त बैज्ञानिक मालिस उपचार, जल चिकित्सामा तातो सेक, प्याक, स्नान, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ, आदिको प्रयोग गरेर दुखाइ कम गराइन्छ । भौतिक थेरापी अन्तर्गत थरी–थरीका व्यायाम तथा थरी–थरीका विद्युतीय तरंगहरू प्रवाह गराएर गरिने उपचार विधिहरु पर्दछन् ।
यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँ उपचार पद्दतिले पनि यो रोगमा फाइदा पु¥याउँछ । यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नशा छुटाउन सहयोग गर्छ । योग बिज्ञान, ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिस जस्ता उपचार पद्दतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ ।
दोस्रो फेज : मेरुदण्ड बलियो बनाउने
दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ । त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउँछ र फेरि यही समस्या दोहोरिन दिँदैन । नशा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बडाउनुपर्ने हुन्छ ।
व्यायाम
विशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने ढाडका व्यायाममात्र गर्ने गर्नुपर्छ । दुखेको बेलामा व्यायाम नगर्नुस् । कुन खाले व्यायाम, कति गर्ने, स्पष्ट सिकेर मात्र गर्नुस् । ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को विकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।
– पसिना निकाल्ने जस्तै हिँड्ने तथा दौडने खाले
– तन्काउने खाले योग वा स्ट्रेचिङ व्यायाम ।
– शरीर तथा ढाड बलियो बनाउने व्यायाम ।
नोट : चिकित्सकको सल्लाह बमोजिम मात्र गर्नुपर्छ ।
‘खानपान’
खाना नै औषधीय गुण भएको हुनु पर्दछ । ढाडलाई स्वस्थ राख्न खानपानमा प्रशस्त पानी तथा क्याल्सियम, मिनिरल्स, भिटामिनयूक्त शाकाहारी खाना महत्वपूर्ण हुन्छ । जडिबुटि, पोषण तत्व साथै प्रशस्त मात्रामा हरियो सागपात, फलफुल, अंकुरित भोजन प्रयोग गर्नु जरुरी छ । यसका साथै मध्यपान, धुम्रपान, चिनी, प्याकेटका जंक वा फास्टफुडबाट टाढै रहनुपर्दछ । आफ्नो दैनिकीमा आमुल पतिवर्तन गर्दै तौल व्यवस्थापन गर्नु जरुरी छ ।
‘भिटामिन डी’
भिटामिन डी कम हुने, पानी कम
डा. सन्जोग कुमार क्षेत्री चित्रवन प्राकृतिक चिकित्सालय, हाडजोर्नी, नशा, तथा प्यारालाईसीस विशेष थेरापी अस्पताल, भरतपुर १२ आस्थाचोक (पूर्वपश्चिम राजमार्गसँगै) मा कार्यरत हुनुहुन्छ । सो अस्पतालमा अकुपंचर, अकुप्र्रेसर, फिजियोथेरापी र रिह्याबिलिटेशन, मसाज थेरापी, जीवनशैली तथा खानपान परामर्श, २४ सै घण्टा नर्सिङ्ग सेवा, अन्तरंग र बहिरंग सवा उपलब्ध रहेका छन् ।
























