चितवन विशेष

अघि बढ्यो ‘हाम्रो रंगशाला, मेरो कुर्ची’ अभियान, ओखती साबुनले लेखायो कुर्चीमा नाम

०
Banner

चितवन, फागुन २३–

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई समयमै सम्पन्न गर्न अहिले ‘हाम्रो रंगशाला, मेरो कुर्ची’ अवधारणा ल्याईएको छ ।

यस अवधारणा अन्तरगत एक लाख रुपैयाँ सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले धमाधम सहयोगी मनहरु एक लाख रुपैयाँ हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा नेपालको लोकप्रिय जडीबुटीयुक्त साबुन ‘ओखती’ ले पनि रंगशालालाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौंले एक लाख रुपैयाँ सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो । कम्पनीका प्रवन्ध निर्देशक शोभाकान्त बस्याल रंगशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै प्रवन्ध निर्देशक बस्यालले ‘हाम्रो रंगशाला, मेरो कुर्ची’ अवधारणा निकै सान्र्दभिक रहेको भन्दै सानो सहयोगको रुपमा आफू रंगशालासंग जोडिएको बताए । उनले आफ्ना पितृदेखि परिवार तथा संस्थाको नाम लेखेर सहयोग गर्न सकिने भएको यस अवधारणामा सामेल हुन देश तथा विदेशमा रहेका सबै नेपालीहरुमा आग्रह गरे । उनले आगामि दिनमा अझै यस्तो सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।

प्रवन्ध निर्देशक बस्यालले पाँच नम्बरको कुर्ची बुक गरेका छन् । फाउण्डेशनले काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘हाम्रो रंगशाला, मेरो कुर्ची’ अवधारणा सार्वजनिक गरेपछि अहिले धमाधम कुर्ची बुक गर्दै सहयोग गर्न थालेका छन् ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणमा अझै पनि रकमको आवश्यकता भएकाले यो अवधारणा ल्याईएको बताए । उनले यो अवधारणा कुर्ची बेच्ने अर्थमा नलिन आग्रह गर्दै सानो सहयोगबाट आफ्नो नाम लेखाउन सकिने अवधारणको रुपमा लिन आग्रह गरे । ‘यो कुर्ची खरिद, विक्रीको कुरा होइन, सहयोगबाट कुर्चीमा नाम लेखाउन सकिन्छ भन्ने सन्देश दिन हो, यसअघि सहयोग गर्ने महानुभावहरुको पनि हामीले रंगशालामा नाम उल्लेख गछौं ।’–अध्यक्ष धुर्मुसले भने ।

‘ओखती साबुन’का ब्राण्ड एम्बेस्डर अर्जुन भुषालले नेपालको गौरवको रुपमा निर्माण भइरहेको रंगशाला ओखती साबुनको उपस्थितिले महत्वपूर्ण अर्थ राखेको बताए । उनले यसैगरि सबै नेपालीले सहयोग गर्दै गए जनस्तरबाट निर्माण भइरहेको रंगशाला नमुना रंगशालाको रुपमा विकास हुने बताए । उनले ‘हाम्रो रंगशाला, मेरो कुर्ची’ अवधारणालाई सकरात्मक रुपमा लिइदिन आग्रह गर्दै रंगशालालाई सहयोगको रुपमा बुझिदिन आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>