अन्तर्राष्ट्रिय

भारतमा एकैदिनमा १८ हजार नयाँ कोरोना संक्रमित थपिए, १०८ को मृत्यु

Banner

नयाँ दिल्ली, फागुन २२-

कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परिक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । (रासस\एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>