प्रवास

मलेसियामा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षामा आबद्ध गरिने

Banner

काठमाडौं,फागुन १९-

मलेसियामा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षामा आवद्ध गराइने भएको छ । नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्थाबीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम प्रवद्र्धनका लागि सहमति भएको हो । नेपाली राजदूतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

विभिन्न चरणको छलफल पश्चात तयार भएको अन्तिम मस्यौदालाई माग २६ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । मन्त्रिपरिषदले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई अख्तियारी प्रदान गरेको थियो ।

गत फागुन ४ मा बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ र फागुन १४ मा एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदलेगरेका छन् । काठमाण्डौ र क्वालालम्पुर दुवै स्थानमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>